काठमाडौं खबर मंसिर १९, २०८१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । बुधबार प्रोटेस्टसम्बन्धी समस्या भएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको हो ।
उनको आजै शल्यक्रिया गर्ने तयारी रहेको छ । उनको प्राध्यापक डाक्टर भोलाराज जोशी नेतृत्वको टोलीले उनको शल्यक्रिया गर्न लागेको अस्पतालले जनाएको छ ।
राष्ट्रपति पौडेलले १५/१६ वर्षदेखि प्रोटेस्टको औषधि सेवन गरिरहेका थिए । अहिले उपयुक्त समय छनोट गरेर उनको शल्यक्रिया गर्न लागिएको हो ।