काठमाडौं खबर मंसिर ८, २०८१
काठमाडौं । भोलि अर्थात् मंसिर ९ गतेदेखि धरहरा खुला हुने भएको छ । गत असोज ३ गतेदेखि अस्थायी रूपमा खुला भएको धरहरा अहिले पनि परीक्षणकै रूपमा खुला गर्न लागिएको हो ।
विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति रु पाँच सय र सार्कबाहेक राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति रु एक हजार शुल्क निर्धारण गर्न सहरी विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिलाई ५० प्रतिशत छुट दिइने छ । मन्त्रालयले राखेको उक्त प्रस्ताव गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो । सोही बमोजिम यो शुल्क तयार पारिएको हो ।