काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गम्भीर आरोप लगाएको भोलिपल्ट मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।
काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेका छन् । कम्बोडियाको स्मार्ट एजियाटा नामक कम्पनीमा नेपालका प्रधानमन्त्रीको २१ करोड (साढे ३२ अर्ब रूपैयाँभन्दा बढी) अमेरिकी डलर लगानी रहेको भनेर उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । यद्यपि उनले प्रस्तुत गरेको कागजातमा ओलीको नाम र हस्ताक्षर नक्कली रहेको पाइएको छ ।
यसअघि नै साइबर मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीले हिजोको घटनापछि तत्काल नियन्त्रणमा लिनुपर्ने अवस्था आएको बताए । प्रधानमन्त्रीको हस्ताक्षर नै किर्ते गरेको प्रहरीको भनाइ छ । प्रसाईं भक्तपुरस्थित निवासबाट मंगलबार बिहान पक्राउ परेका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई नियन्त्रणमा लिएको हो। सीआईबीले साइबर ब्यरोमा बुझाउने तयारी छ।