काठमाडौं । लायन्स क्लब इन्टरनेसनल, जिल्ला ३२५ आई नेपाल, द्वारा ‘शान्तिविना सीमा’ भन्ने नाराका साथ शान्ति पोस्टर प्रतियोगिता २०२४ को आयोजना काठमाडौंको जनकल्याण मावि, कामपा ६, महांकालमा सम्पन्न भएको छ। लायन्स क्लब अफ काठमाडौं पिस आइडियलद्वारा आयोजना गरिएको यस प्रतियोगितामा विद्यार्थीहरूले कलामार्फत शान्ति र सद्भावका सन्देश प्रस्तुत गरे ।
प्रतियोगितामा सहभागी विद्यार्थीहरूलाई विद्यालय स्तरमा १२ वटै विद्यालयमा वर्ष ११, १२ र १३ का बालबालिकाहरूबीच आन्तरिक छनोट प्रक्रियाबाट चयन गरिएको थियो । प्रत्येक विद्यालयले आन्तरिक प्रतियोगिताबाट उत्कृष्ट पाँच विद्यार्थी छान्दै, उनीहरूलाई मुख्य प्रतियोगितामा प्रतिनिधित्व गराउने अवसर प्रदान गरेका थिए । यस प्रक्रियाले विद्यार्थीहरूमा रचनात्मकता र शान्तिप्रतिको गहिरो समझदारी उत्पन्न गरेको क्लबकी कोषाध्यक्ष लायन टेरेसा बानियाले बताए ।
प्रतियोगितामा १२ विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगितामा जोसेफ हाई स्कुलकी दीपिका राना मगरले प्रथम स्थान हासिल गरिन् । ड्याफोडिल पब्लिक स्कुलकी समृद्धि लामा दोस्रो स्थानमा रियालन्स इन्टरनेशनल एकेडेमीकी शिक्षा फुयाल तेस्रो स्थानमा र ड्याफोडिल बोर्डिङ स्कुलकी सुरक्षा श्रेष्ठ चौथो स्थानमा रहिन् । कार्यक्रमका प्रमुक अतिथिको भनाइअनुसार लायन्स क्लब अफ काठमाडौं पिस आइडियलले पहिलो पटक ३२५ आईअन्तर्गतका क्लबहरुमध्ये १२ विद्यालयलाई सहभागी गराउँदै यो शान्ति पोस्टर प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेकोमा विशेष धन्यवाद दिए। यो क्लबले यस किसिमको प्रतियोगिता आयोजनामा नेतृत्व गरेको देखेर गर्व लागेको उनले बताए ।
चित्रकला प्रतियोगिताका निर्णायक मन्डलका अध्यक्ष प्यागोडा ग्रुप ( नेपाली समसामयिक कलाकार मन्च ) का सस्थापक सदस्य पासाङ बिक्रम लामा ( मङोल पुत्र ) थिए । कार्यक्रममा प्रमुख अतिथि रूपमा जिल्ला ३२५ आई का सेकन्ड भाइस डिस्ट्रीक्ट गर्भनर सूर्य कुमार केसीले उपस्थिति जनाएका थिए। यसैगरी, कार्यक्रममा प्रमुख जनसम्पर्क अधिकारी विष्णु भण्डारी, डिस्ट्रीक्ट सेक्रेटेरियट एडमिनिस्ट्रेटर महेश पाण्डे, क्लस्टर प्रमुख अनिता थापा, क्लस्टर सह-प्रमुख सुभाष चन्द्र जोशी, रिजन चियरपर्सन मेघा तिमल्सिना, जोन चियरपर्सन तुलसा गौतम, लायन्स क्लब अफ काठमाडौं परोपकारका अध्यक्ष नवराज पाण्डे, लायन्स क्लब अफ काठमाडौं पिस वर्ल्डका संस्थापक अध्यक्ष कपुर श्रेष्ठ, पिस वर्ल्ड क्लबका अध्यक्ष रामहरी श्रेष्ठ जनकल्याण माबिका बिब्यस अध्यक्ष दिलेन्द्र ढकाल र प्रअ दिलिप बाबू श्रेष्ठ लगायतका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता शिव श्रेष्ठले गरेका थिए। क्लब कि कार्यक्रम सम्योजक लायन लिरा पोख्रेलले बताएकी छन् ।
प्रतियोगिताको मुख्य उद्देश्य युवा विद्यार्थीहरूमा शान्ति र सहिष्णुताको महत्व बुझाउनु रहेको थियो। सहभागी विद्यार्थीहरूले कला मार्फत आफ्ना सन्देशहरू प्रस्तुत गर्दै शान्तिको महत्त्वलाई उजागर गरे, जसले समुदायमा सकारात्मक सोचको विकास र शान्तिप्रतिको समझदारीलाई थप सशक्त बनाएको छ।