काठमाडौं खबर कार्तिक २७, २०८१
काठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री एवं प्रदेश सभा सांसद दीपक मनाङे काठमाडौंबाट पक्राउ परेका छन् ।
यही कात्तिक २० गते ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतबाट दोषी ठहर मनाङेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले आज बिहान काठमाडौँको सानो भर्याङबाट पक्राउ गरेको हो। उनलाई आजै कारागार चलान गरिने भएको छ ।
पाटन अदालतले गुरुङलाई ५ वर्ष कैदको सजाय सुनाएको थियो। त्यसअघि जिल्ला अदालत काठमाडौँले २०६३ माघ ७ गते उनलाई २ वर्ष कैद सजाय तोकेको थियो। जिल्ला अदालतको फैसलाविरुद्ध सरकारले पुनरावेदन गरेको थियो।