काठमाडौं खबर कार्तिक २५, २०८१
काठमाडौं । यूएईमा जारी आईसीसी यू-१९ महिला विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपालले थाइल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएको छ । छनोटको पहिलो खेलमा थाइल्याण्ड पराजित भएको थियो । आज (आइतबार) नेपाल जित दोहोर्याउन चाहन्छ ।
अजमानमा हुने खेल स्थानीय समयअनुसार दिउँसो साढे १ बजे सुरु हुनेछ। छनोटको पहिलो खेलमा थाइल्यान्डलाई हराएको नेपाली टोली सोही नतिजा दोहोर्याउने योजनामा छ । थाइल्यान्ड पनि नेपाललाई हराउँदै छनोटमा दोस्रो जित हासिल गर्ने दाउमा छ। छनोटको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले हराएको थियो।
छनोटको दोस्रो खेलमा कुवेतविरुद्ध जित हासिल गरेको नेपालले तेस्रो खेलमा युएईसँग पराजय व्यहोरेको थियो ।