काठमाडौं खबर कार्तिक २३, २०८१
काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मत अनुमोदन गरेको छ । शुक्रबार बसेको समितिको बैठकले भावी प्रधानन्यायाधीशको रोलक्रममा समेत रहेका निरौला र पाण्डेको नाम आज संसद्ले अनुमोदन गरेको हो ।
उनीहरुलाई ११ असोजमा बसेको न्याय परिषद बैठकले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो ।
निरौला २५ माघ, २०९३ सम्म सर्वोच्च अदालतको न्यायाधीश हुनेछन् । अहिलेको रोलक्रम यथावत रहेमा उनी पुगनपुग २ महिना प्रधानन्यायाधीश समेत बन्नेछन् ।