काठमाडौं खबर कार्तिक १४, २०८१
काठमाडौं । सरकारले संकटग्रस्त सहकारीको बचतकर्ताको रकम फिर्ता गरिदिन थालेको छ । सोमबार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पत्रकार सम्मेलन गरी हालसम्म छ हजार १५५ बचतकर्ताको शतप्रतिशत बचत फिर्ता गरिएको जनाएको छ ।
कात्तिक १२ गते सोमबारसम्म चार सय ३८ मागदाबीकर्ताको आंशिक भुक्तानी भएको जनाएको छ ।
शतप्रतिशत भुक्तानी भएका र आंशिक गरी हालसम्म एक अर्ब ५१ करोड ५३ लाख ३६ हजार आठ सय ९९ समस्याग्रस्त घोषणा भएका २२ वटा सहकारीका ऋणीबाट उठाएर भुक्तानी गरिएको आज आयोजित कार्यक्रममा जानकारी गराइएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीबाट समस्यामा परेकाको समस्या समाधानका लागि कानून संशोधनको तयारी गरिएको जानकारी दिए ।