

काठमाडौं । साफ च्याम्पियनसिप २०२४ अन्तर्गत आज नेपाल र भारतबीच सेमिफाइनल खेल हुँदैछ । नेपालले आज ५ पटकको च्याम्पियन भारतको सामना गर्ने भएको हो।
दिनको दोस्रो सेमिफाइनलको समय एक घण्टा पछि अर्थात साढे ६ बजे सुरु हुने एन्फाले जनाएको छ । खेल साढे ५ बजे भए पनि नकआउट चरणको खेल अतिरिक्त समयमा पुग्न सक्ने कारणले यस्तो गरिएको एन्फाले जनाएको छ।
पहिलो सेमिफाइनल भने साविक विजेता बंगलादेश र भुटानबीच दिउँसो साढे १ बजे सुरु हुनेछ ।