![](https://kathmandukhabar.com/wp-content/themes/kathmandu-khabar/assets/favicon.png)
![](https://kathmandukhabar.com/wp-content/themes/kathmandu-khabar/assets/clock-icon.png)
काठमाडौं । फुटबलर्स मिसन टुगेदरद्वारा आयोजित दोस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८१ अन्तर्गत आज मध्यपुर युथ एसोसियसनको खेल मैदानमा सम्पन्न पहिलो सेमिफाइनल खेलमा फ्रिडम फाइटरले हाम्रो धरान भेट्रान टिमलाई २–० ले पराजित गरी फाइनलमा स्थान सुरक्षित गरेको छ । फ्रिडमका लागि विकर्ण श्रेष्ठ र तेज बहादुर गलामीले गोल गरे । फ्रिडमका तेज बहादुर गलामी प्लेयर अफ द म्याच घोषित भए । उनलाई राष्ट्रिय फुटबल टिमका पूर्वप्रशिक्षक पदम कृष्ण श्रेष्ठले पुरस्कृत गरे ।
त्यस्तै, आजै सम्पन्न दोस्रो सेमिफाइनल खेलमा ठमेल टुरिजम डेभलपमेन्ट काउन्सिलले त्रिभुवन आर्मी फुटबल क्लबलाई २–० ले पराजित गरेको छ । ठमेलका लागि भेषराज लिम्बु र अंकुर खड्गीले गोल गरे । ठमेलको अंकुर खड्गी प्लेयर अफ द म्याच चुनिए । उनलाई वरिष्ठ फोटो पत्रकार श्याम चित्रकारले पुरस्कृत गरे ।
प्रतियोगिताको फाइनल खेल आइतबार दिनको २:३० बजे फ्रिडम फाइटर र ठमेल टुरिजम डेभलपमेन्ट काउन्सिलबीच हुनेछ ।