![](https://kathmandukhabar.com/wp-content/themes/kathmandu-khabar/assets/favicon.png)
![](https://kathmandukhabar.com/wp-content/themes/kathmandu-khabar/assets/clock-icon.png)
काठमाडौं । फुटबलर्स मिसन टुगेदरद्धारा आयोजित दोश्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८१ अन्तर्गत आज मध्यपुर युथ एसोसियसनको खेल मैदानमा सम्पन्न पहिलो क्वाटरफाईनल खेलमा हाम्रो धरान भेट्रान टिमले सरस्वतीनगर भेट्रान टिम लाई सडनडेथमा (१०–९) पराजित गरी सेमीफाइनलमा स्थान सुरक्षित गर्यो । निर्धारित समयमा कुनै पनै पनि टिमले गोल गर्न नसकेपछि खेल ट्राईवेकरमा पुगेको हो । धरानका किपर राजेन्द्र धिमाल प्लेयर अफ द म्याच घोषित भए । उक्त पुरस्कार सैनिक गठ्ठाघरका डिपोपती प्रसे सुजीत श्रेष्ठले वितरण गरे ।
त्यस्तै आजै सम्पन्न दोश्रो क्वाटरफाईनल खेलमा फ्रिडम फाईटरले बानेश्वर फ्रेण्डसिपलाई ४–१ ले पराजित गर्यो । फ्रिडमका लागि कृष्ण शाक्य, विकर्ण श्रेष्ठ, दिपक लामा र तेज वहादुर गलामीले गोल गरे भने वानेश्वर फ्रेण्डसिपका लागि हरिहर थापाले सान्त्वना गोल गरे । फ्रिडमका प्रकाश रानामगर एबिथभच या तजभ mबतअज घोषित भए । उक्त पुरस्कार करातेका राष्टिय खेलाडी सनी तामाङ्गले वितरण गरिन ।
तेश्रो क्वाटरफाईनल खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले किंङ्गकम स्पोर्ट्स क्लबलाई ५–३ ले पराजित गर्यो । आर्मीका लागि सन्तोष नेपालीले ह्याट्रिक गरे भने अर्को गोल हर्कराज गुरुङ्ग र टिमका क्याप्टेन शशि किरण रायमाझीले गरे । आर्मीका क्याप्टेन शशी किरण रायमाझी प्लेयर अफ द म्याच घोषित भए । उक्त पुरस्कार फुटबलर्स मिसन टुगेदरका उपाध्यक्ष भिक्टर ज.व.राणाले वितरण गरे ।
चौथो तथा अन्तिम क्वाटरफाईनल खेलमा ठमेल टुरिजम डेभलपमेन्ट काउन्सीलले एनआरटिलाई ३–०ले पराजित गर्यो । ठमेलका लागि टासी छिरिङ्ग, भेषराज लिम्बु र मित्र वहादुर वस्नेतले गोल गरे । ठमेलका वुद्धराज लिम्बु प्लेयर अफ दि म्याच घोषित भए । उक्त पुरस्कार मध्यपुर थिमी नगरपालिकाका जनप्रतिनिधि उमेश ख्याजुले वितरण गरे ।
प्रतियोगिता अन्तर्गत भोली पहिलो सेमीफाईनल खेल दिनको १ बजे हाम्रो धरान भेट्रान्स फुटबल क्लब र फ्रिडम फाईटर तथा दोश्रो सेमीफाईनल ३ बजे त्रिभुवन आर्मी फुटबल क्लब र ठमेल टुरिजम डेभलपमेन्ट काउन्सील विच प्रतिस्प्रर्धा हुनेछ ।