काठमाडौं खबर कार्तिक ७, २०८१
काठमाडौं । सभापति सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि अदालतलाई प्रभावित बनाउन आन्दोलनमा उत्रिएको रास्वपाका कार्यकर्ताहरुले सहकारी पीडितहरुलाई घरघरमा पुगेर धम्की दिन थालेको पाइएको छ। पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारीका पीडित संघर्ष समितिले पार्टीका कार्यकर्ताले बचतकर्ताको घर घरमा पुगेर भड्काउने गतिविधि गरेको आरोप लगाएको छ ।
उनीहरुले एक विज्ञप्ति जारी गर्दै पीडितमाथि कुटपिट समेत गरेको आरोप लगाएका छन् । बचतकर्ताविरुद्ध गरेको कार्यक्रम, नाराबाजी, भाषण साथै टोल टोल र घर घरमा पुगी पीडित बचतकर्तालाई भड्काउने कार्य गरिएको प्रति आपत्ति जनाइएको विज्ञप्तमा उल्लेख छ ।
यस्तो छ समितिको विज्ञप्ति