काठमाडौं । फुटबलर्स मिसन टुगेदरद्वारा आयोजित दोस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८१ अन्तर्गत आज मध्यपुर युथ एसोसियसनको खेल मैदानमा सम्पन्न खेलमा चितवन भेट्रान्स टिमले हिमालयन शेर्पा भेट्रान्सलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गरेको छ । निर्धारित समय गोलरहित सकिएपछि खेल ट्राइबेकरमा पुगेको थियो । चितवन एफसी भेट्रान्सका गोलकिपर शंकर महर्जन प्लेयर अफ दि म्याच घोषित भए । उनलाई एन्फाका पूर्व अध्यक्ष कर्माछिरिङ्ग शेर्पाले पुरस्कार वितरण गरेका थिए ।
त्यस्तै, आजै सम्पन्न दोश्रो खेलमा बानेश्वर फ्रेन्डसिपले महावीर क्लबलाई ४–० गोलले पराजित गरेको छ । बानेश्वर फ्रेण्ड्ससिपका लागि हरिहर थापाले ह्याटिक र दिपेन्द्र चौधरीले गोल गरेका थिए । बानेश्वरकै हरिहर थापा प्लेयर अफ दि म्याच घोषित भए । उक्त पुरस्कार राष्टिय फुटसल टिमका पूर्व प्रमुख प्रशिक्षक गौरव बस्नेतले वितरण गरेका थिए ।
आजको तेश्रो खेलमा फ्रिडम फाईटरले संयुक्त अनुभवी क्लबलाई ६–१ ले पराजित गर्यो । फ्रिडमका लागि कृष्ण शाक्यले ४ गोल, दिपक लामा र कृष्ण मालाकारले समान १/१ गोल गरेका थिए भने संयुक्त अनुभवी क्लबका लागि रुद्रबहादुर खड्काले गोल गरेका थिए । फ्रिडमका कृष्ण शाक्य प्लेयर अफ दि म्याच घोषित भए । उक्त पुरस्कार पि सुजका निर्देशक सागरमणि कोइरालाले वितरण गरेका थिए ।
प्रतियोगिताअन्तर्गत भोलीको पहिलो खेल बिहान ९ बजे त्रिभुवन आर्मी फुटबल क्लबविरुद्ध धरान सिटी दोस्रो खेल १ बजे फाप्ला स्पोर्टस क्लब, धनगढीविरुद्ध किंकम स्पोर्टस क्लब र तेश्रो खेल ३ बजे एनआरटी क्लबविरुद्ध बगर भाई खलक, पोखरा टिमबीच खेल हुने कार्यक्रम रहेको छ ।