काठमाडौं खबर अशोज २०, २०८१
काठमाडौं । सरकारले अब चालकले स्मार्ट लाइसेन्स बोकिरहनुपर्ने झण्झट हटाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक कार्यक्रम आयोजना गरी स्मार्ट लाइसेन्सको झण्झट हटाएको जनाएको छ ।
यो कार्यक्रम अहिलेका लागि बागमती प्रदेशमा मात्र लागू गरिएको छ । उनीहरूले मोबाइलमा नागरिक एपमा डाउनलोड गरिएको क्युआर कोडसहितको भर्चुअल लाइसेन्स देखाए हुने बताइएको छ ।
शुक्रवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित कार्यक्रममा नागरिक एपबाटै लाइसेन्स स्क्यान गरी हेर्न सकिने ‘स्मार्टफोन’हरू ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिएको छ ।