

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्षकाे अन्तर्वार्ता आज पनि स्थगित भएको छ । पटकपटक सर्दै आएकोमा आज दिउँसोका लागि बोलाइएको अन्तर्वार्ता समेत स्थगित भएको हो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीको संयोजकत्वमा सिफारिस समिति रहेको र उहाँ अस्वस्थ्य हुनुभएकाले अर्को सूचना प्रकाशित नहुँदासम्म अन्तर्वार्ता स्थगित गरिएको सिफारिस समितिले जनाएको छ ।
नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदकमध्ये सङ्क्षिप्त सूचीमा समावेश भएका तीन जना आवेदकले आज व्यावसायिक कार्ययोजनाको प्रस्तुति र अन्तर्वार्ता दिने कार्यक्रम थियो ।dhitopatra
अध्यक्ष नियुक्ति नहुँदा दर्जनौं आईपीओ अड्किएर बसेको छ ।