काठमाडौं खबर अशोज १६, २०८१
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज र भोलि बागमती प्रदेशका समेत केही क्षेत्रमा भारी वर्षा हुन सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ ।
महाशाखाले बुधबार बिहान जारी गरेको तीन दिने प्रक्षेपणअनुसार कोशी र वाग्मतीका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार हाल कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा र एक-दुई स्थानमा भारी वर्षा भइरहेको महाशाखाले जनाएको छ । शुक्रबारदेखि भने मौसम सफा रहने सम्भावना रहेको छ ।