काठमाडौं खबर भदौ २१, २०८१
काठमाडौं । नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख (सीईओ)मा दोस्रोपटक दीपकराज जोशी नियुक्त भएका छन् । २०७४ ताका पहिलो कार्यकालका लागि नियुक्त भएका उनी अहिले दोस्रो कार्यकालका लागि नियुक्त भएका हुन् ।
पर्यटन बोर्ड स्रोतका अनुसार तत्कालीन सीईओ धनञ्जय रेग्मी विवादमा तानिएका कारण एक नम्बरमा सिफारिस भए पनि सीईओ बन्न सकेनन् । दोस्रो नम्बरमा रहेका जोशीले बाजी मारेका हुन् । बर्दियाका जोशी पर्यटन बोर्डकै पूर्वकर्मचारी समेत हुन् ।
रेग्मीको कार्यकाल २०८० माघ १४ मा सकिएपछि बोर्ड सीईओविहीन थियो ।
बोर्डले कार्यकारी प्रमुख छनौट सिफारिस गर्न बोर्ड सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव इन्दु घिमिरे संयोजक रहेको तीन सदस्यीय उपसमिति गठन गरेको थियो।