काठमाडौं खबर भदौ २१, २०८१
काठमाडौं । सरकारले दुग्ध विकास संस्थानलाई ससर्त ६० करोड ऋण दिने निर्णय गरेको छ । किसानलाई तिर्नुपर्ने भुक्तानी तिर्नका लागि संस्थानलाई सर्तसहित सो रकम ऋण दिने निर्णय बिहीबारको मन्त्रिपरिषद् बैठकले गरेको हो ।
त्यस्तै, सरकारले पेरिस पारा ओलम्पिकमा नेपाललाई कास्य पदक दिलाउने पलेशा गोवर्धनलाई रु ६५ लाख पुरस्कार दिने निर्णय गरेको छ।
बैठकले सो खेलका प्रशिक्षकलाई रु पाँच लाख ८५ हजार र टिम व्यवस्थापकलाई रु दुई लाख ९२ हजार पुरस्कार तथा सम्मान गर्ने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।