काठमाडौं खबर भदौ १९, २०८१
काठमाडौं । तीज मनाउनका लागि पूर्व राष्ट्रपति विद्या भण्डारीदेखि परराष्ट्रमन्त्री आरजु राणालगायत नेतृहरू तीज मनाउन शितल निवास पुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा पूर्वराष्ट्रपतिसहित विशिष्ट महिलाहरुलाई दर खुवाइएको हो ।
तीजको लागि दर खान प्रथम महिला सविता पौडेलको नामबाट पूर्वराष्ट्रपतिसहित संघीय संसदका दुवै सदनमा प्रतिनिधित्व गर्ने महिला सांसदहरुलाई निमन्त्रणा पठाइएको थियो । कार्यक्रममको संक्षिप्त औपचारिक कार्यक्रममा राष्ट्रपति, प्रथम महिला र पूर्वराष्ट्रपतिलाई डायसमा राखिएको थियो भने बाँकी महिला प्रतिनिधिहरूलाई दर्शकदीर्घामा राखिएको थियो ।
संक्षिप्त औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संविधान र कानुनले महिलाहरूलाई प्रदान गरेका हक अधिकारको वास्तविक कार्यान्वयन जरुरी भएको बताए ।