काठमाडौं खबर साउन ३०, २०८१
काठमाडौं । आईएमई इन्टरनेसनल मनि एक्स्प्रेस र जीएमई रेमिट्यान्स मर्ज भएका छन् । बुधबार एक कार्यक्रमका बीच आईएमई रेमिटका अध्यक्ष चन्द्र ढकालले आजबाट संयुक्त कारोबारमा आएको बताए। बुधबारदेखि नै दुई कम्पनीले संयुक्त कारोबार गरेका छन् ।
कार्यक्रममा अध्यक्ष ढकालले आईएमई रेमिट्सले नेपालको रेमिट्यान्स क्षेत्रलाई औपचारिक माध्यममा ल्याउन नेतृत्वदायी भूमिका खेलिरहेको बताए । उनले भने, ‘हामीले व्यवसाय सुरु गर्दा २० प्रतिशत रेमिट्यान्स मात्रै औपचारिक माध्यमबाट भित्रिन्थ्यो। अहिले झण्डै ८० प्रतिशत रेमिट्यान्स औपचारिक माध्यमबाट भित्रिनथालेको छ।’ यसो हुनुमा आईएमईले मुख्य भूमिका खेलेको उनको भनाइ छ।
सन् २००१ मा सानो मनी एक्सचेन्ज काउन्टरको रुपमा सुरु गरेको आईएमई अहिले ठूलो रेमिट्यान्स कम्पनी बनिसकेको छ।