काठमाडौं खबर साउन २९, २०८१
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसमक्ष १७ वटा अस्पतालले रिपोर्ट कार्ड बुझाएका छन् । अस्पतालहरुले काम तथा सेवाको विवरणसहितको रिपोर्ट कार्ड आज मन्त्रालयमा बुझाएको सो मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए । मन्त्री प्रदीप पौडेलको नौ बुँदे निर्देशनपछि अस्पतालले रिपोर्ट कोर्ड बुझाएको बताए ।
उनका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँ, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कान्ति अस्पताललगायतले रिपोर्ट कार्ड बुझाएका हुन् ।
यस्तो छ विभिन्न अस्पतालले दिएको सुधारसहितको रिपोर्टकार्ड :