काठमाडौं । शेख हसिनाको बहिर्गमनपछि बंगलादेशको हिन्दुमाथि भएको हिंसा र अत्याचारको विरोधमा बेलायती संसद्बाहिर प्रदर्शन भएङ्को छ । प्रदर्शनमा विभिन्न मानव अधिकार सङ्गठनका कार्यकर्ता, बङ्गलादेशी डायस्पोराका सदस्यलगायत सहयोगीहरूले बंगलादेशमा हिन्दुहरूको संरक्षणको माग गरेका छन् । उनीहरूले बंगलादेशमा शान्ति र समानताको माग गरेका छन् ।
बङ्गलादेशका एकजना प्रदर्शनकारी उनादीले बङ्गलादेशी अल्पसङ्ख्यक हिन्दूमाथि भएको हिंसाप्रति चिन्ता व्यक्त गर्दै बहुसंख्यक जनसङ्ख्याले उनीहरूलाई अन्यायका विरुद्ध बोल्नबाट रोकेको बताए । “हाम्रो देश सन् १९७१ मा स्वतन्त्र भयो ताकि सबै समुदायहरू शान्तिपूर्वक बाँच्न सकून्। तर अहिले हामी बहुसङ्ख्यक समुदायले गरेको अत्याचारबाट पीडित छौं”, उनादीले भने । “जनताको मानसिकता परिवर्तन गर्नुपर्छ ताकि हामी शान्तिपूर्वक बाँच्न सकौँ । अहिलेको आधुनिक समयमा सबै समुदायहरू शान्तिपूर्वक बाच्नुपर्छ । हामी सबै समान छौँ”, उनले बताए ।
बेलायतको बङ्गाली क्रिश्चियन एसोसिएसनका एकजना प्रदर्शनकारीले सबै समुदायलाई समान व्यवहारको आवश्यकतालाई जोड दिए । बहुसङ्ख्यक समुदायको अत्याचारका कारण बङ्गलादेशी अल्पसङ्ख्यकहरू देश छाडेर भाग्न बाध्य भइरहेका अर्का प्रदर्शनकारीले जनाएका छन् । “विगत पाँचदेखि छ दिनदेखि बङ्गलादेशमा अल्पसङ्ख्यकहरुले भोग्नुपरेको हिंसाको विरुद्धमा हामी यहाँ भेला भएका छौँ । उनीहरूले हामीबाट हाम्रो देश खोस्न सक्दैनन्, हामीलाई निर्वासित गर्न सक्दैनन्। हामी हाम्रो देशमा सुरक्षित र शान्तिपूर्वक बाँच्न चाहन्छौँ। अल्पसङ्ख्यकहरू विरुद्धको हिंसा रोक्नुपर्छ ”, उनले भने ।