काठमाडौं खबर साउन २७, २०८१
काठमाडौं । बंगालादेशी पूर्वप्रधानमन्त्री शेख हसिनाले बंगालको खाडीमा अमेरिकी सेना राख्न नदिएपछि आफूलाई सत्ताबाट हटाइएको आरोप लगाएका छन् । सत्ता छाडेर भारत गएपछि पहिलोपटक इकोनोमिक्स टाइम्सलाई अन्तर्वार्ता दिँदै उनले अमेरिकाले आफ्नो स्वार्थ पूरा गर्न आफूलाई सत्ताबाट हटाउने खेल खेलेको आरोप लगाएकी हुन् ।
उनले अमेरिकाले बंगालको खाडीको सेन्ट मार्टिन टापुमा आफूले अमेरिकालाई सेना राख्न नदिएको बताइन् । हसिनाले थप हिंसाबाट बच्नको लागि आफ्नो राजीनामालाई जायज रहेको बताउँदै बंगलादेशी नागरिकलाई कट्टरपन्थी हेरफेरको शिकार नगर्न आग्रह गरिन् ।
उनले बंगलादेशमा जारी हिंसा र नेतृत्वको हत्याप्रति दुःख व्यक्त गर्दै अवामी लिगप्रति आफ्नो प्रतिबद्धता र देशको भविष्यप्रति चिन्ता व्यक्त गरिन् । हसिनाले आफ्ना शब्दहरू गलत रूपमा प्रस्तुत गरिएको दाबी गर्दै विद्यार्थी आन्दोलनलाई उक्साएको आरोप अस्वीकार गरिन्।