कुनै पनि सामाजिक रुपमा विकसित भइसकेको समाज विनिमयको माध्यमको अभावमा चल्न सक्दैन । संसारमा मुद्रा उत्पत्तिको खास कारण आर्थिक व्यवहारका विभिन्न स्वरुपहरु नै हुन् । वैदिक कालभन्दा पुरानो मानिने सिन्धुघाटीको सभ्यतामा विभिन्न प्रकारका शील, छापहरुले मुद्रालाई नै संकेत गर्दछ । सिन्धुसभ्यतामा पशुपालन तथा कृषिको साथै धातुको प्रयोग र उत्पादनमा क्रमिकरुपमा विकास हुँदै पूर्णरुपले वाणिज्य व्यापार विस्तार साथै मौद्रिक अर्थव्यवस्थाको उदय भएको थियो । मोहन्जोदारो र त्यसको आसपासमा २००० भन्दा बढी संख्यामा छापहरु प्राप्त प्राप्त भएबाट उपर्युक्त कुराको पुष्टी हुन्छ । सिन्धुघाटी सभ्यताको उत्खनन्बाट प्राप्त शिल छापहरुमा विभिन्न प्रकृतिका पशुपंक्षी तथा मानवाकृति र प्राकृतिक दृश्य आदि अंकित भएको पाइन्छ ।
भारतमा आहत मुद्राको सुरुवात, भारतीय लिपिको विकास साथै कलाकौशलको विकासको पूर्वाधारको रुपमा सिन्धु सभ्यतालाई लिन सकिन्छ । भारतमा वैद्धिक युगदेखि नै वैश्यहरु व्यापार तथा कृषि पेशामा लागेको उल्लेख छ । उत्तर वैदिक कालमा विभिन्न व्यवसायमा लागेका व्यक्तीहरुलाई जनाउने मृताकार, रथाकार, स्वर्णाकार र कर्माकार जस्ता शब्दहरुले तत्कालिन व्यापारिक तथा व्यवसायिक गतिविधिलाई नै जनाउँछ । जातक कथाहरुमा व्यापार तथा वहानको उल्लेख पाइन्छ । प्राचीन भारतीयहरुको ग्रीकसँग व्यापारिक सम्बन्ध थियो । यसर्थ भारतीय मुद्राको प्राचीनताको अध्ययन गर्दा भारतीय मुद्रामा ग्रीक प्रभावको सन्दर्भमा अध्ययन गर्नुपर्ने हुन्छ । तर समकालिन समयमा भारतको फारसीसँग पनि व्यापरिक सम्बन्ध कायम थियो भन्ने तथ्यलाई फारसी प्रभावित मुद्राहरुले पुष्टी गर्दछ ।फारसमा छैटौं शताब्दी इसापूर्वमा शाह राजा साइरस प्रथमले साम्राज्य खडा गरेका थिए ।
यिनले अफगानिस्थानको व्याक्ट्रिया लगायत भारतको पश्चिमी प्रान्तहरुमा अधिपत्य कायम गरेको कुरा ग्रीक राइटर हेरोडोटसले गरेका छन् । पछि मेसोडोनियाको राजा फिलप्सका छोरा अलेक्जेण्डरले व्याक्ट्रीया माथि आक्रमण गरी ३३१ इसापूर्वमा अलेक्जेण्ड्रीया अफ द आर्कियोजियन्स नामक नयाँ शहर बसाई भारतमाथि विजयको प्रथम खुड्किलो राखे । ३२७ ई.पू. मा अलेक्जेण्डरले भारतका विभिन्न ठाउँहरुमा विजय प्राप्त गरी करिब १८ महिना पछि बेविलोनिया फर्कदा ई.पू. ३२३ ई मा उनको मृत्यु भएपछि उनका सेनापति सेल्युकसले झेलम नदी पार गरी सिन्धुघाटी र अक्सस सम्म अधिपत्य कायम गरी राज्य संचालन गरेका थिए ।
व्याक्ट्रियामा युनानी शासक सेल्यूकसले शासन गर्दा बल्खमा डियोडोटसले राज्य गर्दथे युनानी लेखक जष्टिनका अनुसार बल्खका शासक सेल्युकसको अधिपत्यमा रहन चाहँदैनथे । किनभने बल्खमा प्राप्त डियोडोटसका स्वतन्त्र मुद्राको प्राप्तिले यस तथ्यलाई पुष्टी गर्दछ । इतिहासकार स्ट्रयाबोका अनुसार युथिडिमसले व्याक्ट्रियाका शासक डायोडोटस द्वितीयलाई हराएर व्याट्रीयामा स्वतन्त्र अधिपत्य कायम गरे । व्याक्ट्रियामा डियोडोटस पछि युयिडिमसका चाँदी र तामाका सिक्काहरु प्राप्त भएका छन् । कुनै पनि सामाजिक रुपमा विकसित भइसकेको समाज विनिमयको माध्यमको अभावमा चल्न सक्दैन । संसारमा मुद्रा उत्पत्तिको खास कारण आर्थिक व्यवहारका विभिन्न स्वरुपहरु नै हुन् ।