![](https://kathmandukhabar.com/wp-content/themes/kathmandu-khabar/assets/favicon.png)
![](https://kathmandukhabar.com/wp-content/themes/kathmandu-khabar/assets/clock-icon.png)
काठमाडौं । विश्व स्वास्थ्य संगठनले युरोपमा गर्मीका कारण वार्षिक एक लाख ७५ हजार जनाको ज्यान जाने गरेको रिपोर्ट सार्वजनिक गरेको छ । तीव्र गतिमा तापक्रम बढिरहेको युरोपमा गर्मीका कारण मृत्यु हुनेको संख्या बढेको डब्लुएचओको युरोपेली शाखाले बिहीबार जनाएको हो ।
डब्लुएचओले सन् २००० देखि २०१९ को बीचमा हरेक वर्ष गर्मीका कारण भएका चार लाख ८९ हजार मृत्युमध्ये युरोपेली क्षेत्रमा ३६ प्रतिशत अर्थात् औसतमा एक लाख ७६ हजार ४० जनाको मृत्यु हुने गरेको जनाएको छ । स्वास्थ्य निकायका अनुसार यस क्षेत्रको तापक्रम विश्वको औसत दरभन्दा झन्डै दोब्बरले बढिरहेको छ । डब्लूएचओको युरोपेली क्षेत्रमा ५३ देशहरू छन्, जसमा मध्य एसियाका केही देशहरू पनि समावेश छन्।
डब्लुएचओका अनुसार विगत दुई दशकमा यस क्षेत्रमा गर्मीका कारण हुने मृत्युदरमा ३० प्रतिशतले वृद्धि भएको छ । अत्यधिक गर्मी विशेष गरी वृद्धवृद्धाका लागि समस्या र गर्भवती महिलाका लागि ‘अतिरिक्त बोझ’ हुन सक्ने बताइएको छ । डब्लुएचओका अनुसार मानव शरीरले आफ्नो तापक्रम कायम राख्न नसकेपछि उत्पन्न हुने ’गर्मीको तनाव’ यस क्षेत्रमा जलवायुसम्बन्धी मृत्युको प्रमुख कारण हो ।