काठमाडौं । न्याय परिषदले उच्च र जिल्ला अदालतका गरी ९१ जना न्यायाधीशहरुको सरुवा गरेको छ । मंगलबार बसेको न्याय परिषद बैठकले उच्च अदालतका २६ जना र जिल्ला अदालतका ६५ जना न्यायाधीशहरुको सरुवा गरेको हो । न्यायपरिषदका सदस्य रामप्रसाद श्रेष्ठले एकै कार्यक्षेत्रमा दुई वर्ष बसेकाकाहरुको सरुवा गरिएको बताए ।
न्याय परिषद्का प्रवक्ता अशोक कुमार क्षेत्रीका अनुसार काठमाडौंमा ९ र उच्च अदालत पाटनमा ७ न्यायाधीश सरुवा भएका हुन् । जसमध्ये उच्च अदालत पाटनमा र काठमाडौं जिल्ला अदालतमा सरुवा भएकाहरूको सूची निम्नानुसार छ ।
पाटन उच्च अदालतमा सरुवा भएर आएका न्यायाधीशहरू
नेपालगञ्ज इजलासबाट टंकप्रसाद गुरुङ
राजबिराज इजलासबाट ऋषि राजभण्डारी
उच्च पोखराबाट निर्मला पौडेल भट्टराई
उच्च सुर्खेतबाट रामेश्वर रेग्मी
वीरगञ्ज इजलासबाट हरिश्चन्द्र ढुंगाना
वीरगञ्ज इजलासबाट खडानन्द तिवारी
बुटवल इजलासबाट सूर्यप्रसाद पराजुली
काठमाडौं जिल्ला अदालतमा सरुवा भएर आएका न्यायाधीशहरू
मकवानपुरबाट दरबन्दी सारिएको महेन्द्रबहादुर कार्की
नवलपरासी जिल्ला अदालतबाट इश्वरीप्रसाद भण्डारी
रोल्पाबाट खिमानन्द भुषाल
दैलेखबाछ बलराम लम्साल
महोत्तरीबाट रामचन्द्र खड्का
सप्तरीबाट श्याम बिहारी मौर्य
सिरहाबाट ठाकुरप्रसाद खरेल
कैलालीबाट विष्णुप्रसाद अवस्थी
बाराबाट तारादेवी महर्जन