काठमाडौं खबर असार २३, २०८१
काठमाडौं । दुग्ध विकास संस्थानले दूध, दही र पनिर धेरै खान उपभोक्तासँग आग्रह गरेको छ । आइतबार एक अपिल जारी गर्दै संस्थानले भण्डारमा धेरै दुग्धपदार्थ मौज्दात रहेको भन्दै धेरै खपत गरिदिन उपभोक्तासँग आग्रह गरेको छ ।
समयको विभिन्न कालखण्डमा दुग्ध क्षेत्रमा देखिएका प्रतिकूल परिस्थितिमा स्थानीय स्तरमा उत्पादित कच्चा दूधको व्यवस्थापन गरेको स्मरण गराउँदै मौज्दात धेरै हुँदा किसानलाई समयमा भुक्तानी दिन नसकेकोमा संस्थानले माफी समेत मागेको छ ।
दूध र मख्खन क्रमशः ६०० र ८०० मा बिक्री गरिरहेको भन्दै उद्योगी, व्यापारी समुदायमा पनि धेरै खपत गरिदिन संस्थानले अनुरोध गरेको छ ।