काठमाडौं खबर असार १५, २०८१
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत्को परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तथा प्रमाणपत्र तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कोटाका लागि आवेदन माग गरेको छ । असार १५ गते सूचना जारी गरी अनलाइन आवेदन फारम भर्नका लागि आवेदन आह्वान गरेको हो ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् प.नि.का.बाट सञ्चालन गरिने डिप्लोमा तथा प्रमाणपत्र तहका तपसिलबमोजिमका शैक्षिक कार्यक्रमहरूमा सरकारी, सामुदायिक र परिषद्का आङ्गिक शिक्षालयहरूबाट एस.एल.सी÷एस.ई.ई÷प्रि–डिप्लोमा उत्तीर्ण गरेका शैक्षिक सत्र २०८१÷०८२ मा “डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण एवं भर्नासम्बन्धी निर्देशिका २०८१” बमोजिम परिषद्बाट सञ्चालन सम्बन्धन र स्वीकृति प्राप्त आङ्गिक, साझेदारी, टेक्स तथा निजी शिक्षालयहरूमा निर्धारण गरिएका वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कोटामा भर्नाका लागि विभिन्न कार्यक्रमहरूमा आवेदन माग गरिएको जनाइएको छ ।
प्रवेश परीक्षाका लागि एक हजार रुपैयाँ लाग्ने बताइएको छ । अनलाइनमा आवेदन फारम २०८१ असार २० गतेदेखि खुला हुने र साउन ४ गते राति ११:५९ बजेभित्र अनलाइनमा आवेदन फाराम बुझाउने अन्तिम मिति बताइएको छ । साउन १२ गते शनिबार बिहान ८:०० बजेदेखि प्रवेश परीक्षा सञ्चालन हुने बताइएको छ ।
यस्तो छ गोरखापत्रमा प्रकाशित सूचना