काठमाडौं खबर असार १४, २०८१
एजेन्सी । टि-ट्वान्टी विश्वकप २०२४ को सेमिफाइनलमा साविक विजेता इङ्ल्यान्ड र भारतबीचको खेल वर्षाका कारण रोकिएको छ । निकैर रोचक र महत्वपूर्ण खेलको पहिलो इनिङको आधा पनि नसकिँदै खेल रोकिएको हो ।
नेपाली समय अनुसार बेलुका ८:१५ बजे गयानामा सुरु हुनुपर्ने खेलअघि वर्षा भएपछि खेल ढिलागरी सुरु भएको थियो । पछि ८ ओभरको खेल सकिँदा दुई विकेटको क्षतिमा ६५ रन बनाएको थियो । पहिलो सेमिफाइनलमा रिजर्व दिन रहेपनि दोस्रो सेमिफाइनलमा आइसिसीले रिजर्व दिन राखेको छैन । वर्षाका कारण खेल हुन नसकेको खण्डमा भारत फाइनल प्रवेश गर्नेछ ।
करिब एक घण्टा रोकिएपछि फेरि सुरु भएको खेलमा भारतले १७२ रनको लक्ष्य दिएको हो ।