काठमाडौं खबर असार १३, २०८१
काठमाडौं । दक्षिण अफ्रिका पहिलो पटक आईसीसी टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै जारी दक्षिण अफ्रिकाले फाइनलमा पुगेको हो । यसअघि एकदिवसीयमा ५ र टी-२० मा दुई पटक सेमिफाइनलबाट बाहिरिएको थियो ।
खेलमा पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५७ रनको लक्ष्य दिएको थियो । त्यो झिनो लक्ष्यलाई अफ्रिकाले ८.५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । रिजा हेन्डिक्स २५ बलमा ३ चौका र १ छक्कासहित २९ रनमा अविजित रहे । एडेन माक्ररम २१ बलमा ४ चौकासहित २३ रनमा नट आउट रहे ।
त्यसअघि बायन लारा क्रिकेट स्टेडियम ट्रिनिडाडमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तान ११.५ ओभरमा ५६ रनमा अल आउट भएको थियो ।