काठमाडौं । काठमाडौंमा पर्यटक बसपार्क बनाउनका लागि छलफल अघि बढेको छ । पशुपति क्षेत्र विकास कोषसँग पर्यटक बसपार्क बनाउने र पशुपतिबाट नै पर्यटक बस छुट्ने गरी व्यवस्था गर्न छलफल चलिरहेको नेपाल एसोसिएसन टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले जनाएको छ ।
टुरिष्ट बस एसोसिएसन अफ नेपाल (टिवान)ले मंगलबार नाट्टाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यको सम्मानमा आयोजना गरेको ‘बधाई तथा सम्मान’ कार्यक्रममा नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले यस्तो बताएका हुन् । अहिलेसम्म निजी कम्पनीले आफ्नो अनुकूल बस पार्क गर्दै आएका छन् । अब भने पहिलो पटक काठमाडौंमा पर्यटक बसपार्क बनाउन लागिएको हो ।
पछिल्लो समय पर्यटक बसको टिकटका लागि प्रविधिको प्रयोगलाई अगाडि बढाएको भन्दै अध्यक्ष थपलियाले टिवानलाई धन्यवाद दिँदै उनले विपत्तिको समयमा पर्यटन क्षेत्रमा आइपर्ने समस्या समाधानका लागि विपद् कोष खडा गरेर अगाडि बढ्नुपर्ने धारणा राखे।