

काठमाडौं । नेपाली कफीको अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको छ। चालु वर्षको सात महिनाको अवधिमा नेपाली कफीको मूल्यमा बढेको छ । गत वर्ष औसत मूल्य प्रतिकेजी एक हजार ५२६ रूपैयाँ रहेको थियो। यो वर्ष औसत प्रतिकेजी निर्यात मूल्य एक हजार ५५६ रूपैयाँ पुगेको छ। कफीको मूल्य दुई प्रतिशतले मात्रै बढेको हो। कफीको मूल्य दुई प्रतिशतले बढे पनि समग्र निर्यात भने घटेको छ।
नेपाली कफी भने विश्वका १८ वटा देशमा निर्यात भएको भन्सार विभागको तथ्यांक छ। छिमेकी देश भारतमा भने कफी निर्यात भएको छैन। सबभन्दा धेरै जापानमा एक करोड रूपैयाँ बराबर, नेदरल्यान्डमा ५४ लाख रूपैयाँ बराबर, अमेरिकामा १९ लाख रूपैयाँ बराबरको भएको छ।