काठमाडौं । चितवन-रत्ननगरको शिशु निकेतन बोर्डिङ स्कुलको छात्रावासमा एक साता अगाडि मृत फेला परेकी १४ वर्षिया किशोरी सालीन पोखरेलको घटनाका बारेमा अनुसन्धानसहित टिकाटिप्पणीहरू जारी छन् । सामाजिक सन्जालवालाहरू यसलाई दोस्रो ‘निर्मला पन्त’ भन्दै उछाल्नेक्रम तीव्र छ भने प्रमुख दलका शीर्ष नेताहरूले समेत घटनाबारे बोल्न थालेका छन् ।
प्रारम्भिक अनुसान्धानमा बालिकाले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिए पनि फोरेन्सिक रिपोर्टका आधारमा प्रहरीले धेरै कुरा बताउनै बाँकी रहेको अबस्थामा बालिकाको मनोवैज्ञानिक पक्षका बारेमा पनि टिप्पणी भएको छ । १३ वर्षीया बालिकाको आत्महत्या वा हत्या भन्ने विषयमा उनका आमा बुबाप्रति गम्भीर औँला ठडिएका छन् । मिडिया तथा सामाजिक सन्जालमा सालीनका आमाबुबाका ठूला कुरा सुनिए पनि घटनाको मनोवैज्ञानिक दोषी उनीहरू नै भएको सहज अनुमान गर्न सकिन्छ ।
बालिका ३ वर्षको हुँदा नै डिभोर्स गरेर उनका बाबु आमा अलग्गिएका थिए । बालिकालाई माइती छाडेर विदेश हानिएकी सालीनकी आमा यतिखेर पाकिस्तानीसँग बिहे गरेर दुवइमै बस्छिन् । त्यसैगरी लामो समय साउथ अफ्रिका बसेको बाबु पनि विवाहित हुन् । उनको काठमाडौँ बसुन्धरामा घरजम गरेर अर्की श्रीमतीसँग बस्छन् ।
सानै उमेरमा आमा-बुवा बीच सम्वन्ध बिच्छेद भएपछि बालिकामा परेको मनोवैज्ञानिक असर यतिखेर सालीनको मात्र नभै नेपाली समाजकै समस्याको विषय बनेको छ । सालीन ३ वर्षको उमेरदेखि बाबु आमासँग नभएर कहिले काकासँग त कहिले मामाघरकी हजुरआमासँग बस्दै आएकी थिइन् ।
हतारमा बिहे अनि हतारमै डिभोर्स गर्ने र डिभोर्सपछि बच्चालाई विचल्ली बनाएर छाड्ने प्रवृत्तिको प्रतिक पनि बनेको सालीनको मृत्यू नेपाली समाजमा एउटा मानक चिन्ह बनेको छ । उनको हत्या भएको हो भने बाबु आमा नभएकी बच्चा भएका कारणले हुनसक्ने प्रशस्त र मुख्य आधार देखिन्छ । होस सम्हालेपछि बाबु आमाको प्रत्यक्ष माया नपाएकी सालीनभित्रको विक्षिप्ततालाई कसैले अनुभूत गर्न सकेको देखिदैन । मरिसकेपछि पत्रकार सम्मेलनमा सँगै देखिएका बाबुआमामाथि मुख्य दोषी उनीहरू नै भएको भन्ने प्रश्न बिस्तारै उठ्ने छ ।