नेपालले रामसार महासन्धिको सदस्यता १९८७ मा लिएको थियो र सो पश्चात नेपालमा कुण्डा, ताल, जलसाय र धाप गरी १० प्रकारका रामसार क्षेत्रहरु छुटईयो जस आन्तर्गत माइपोखरी, कोशीटप्पु, बीसहजारी ताल, जगदीशपुर रिजर्भवायर, घोडाघोडी ताल, गोक्यो, गोसाइँकुण्ड, शे-फोक्सुन्डो, रारा ताल र पोखरा उपत्यका पर्दछन् ।
थुप्रै दुर्लभ, संकटाभिमुख र संकटापन्न जन्तुको बासस्थान तथा महत्त्वपूर्ण वनस्पति रहेकाले यी क्षेत्र अन्तर्राष्ट्रिय महत्त्वका मानिएका हुन् । रामसार महासन्धीले विभिन्न स्थानीय, क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय सहयोगको माध्यम बाट यसको संरक्षण गर्ने मुख्य उद्देश्य राखेको छ ।
रामसार महासन्धीले विभिन्न ४१ प्रकारका रामसार परिभाषित गरेको छ। हाम्रै वरपर देखिने वा भेटिने थुप्रै दृष्यहरुमध्ये ओसिलो, धापिलो, थलथले, दलदले, पानी जमिरहने वा कहिल्यै पानी नसुक्ने जमिनको क्षेत्रलाई बोलीचालीको भाषामा सिमसार भनिन्छ। अझ सरल भाषामा भन्ने हो भने जहाँ पानी कहिल्यै सुक्दैनन् र जमिन लुक्दैनन् त्यस्ता भूभागहरुका रुपमा परिभाषित गर्न सकिन्छ ।
यद्यपि विश्वका हरेक क्षेत्रबाट असीमित रूपमा रामसार क्षेत्र घटिरहेका छन् । विभिन्न अनुसन्धानअनुसार २०औँ शताब्दीमा मात्र ७४ देखि ७५ प्रतिशत रामसार क्षेत्र मासिएका छन् । विगत ५० वर्षमा मात्र ६५ प्रतिशत र सन् १९८० देखि २००० सम्ममा २८ प्रतिशत रामसार क्षेत्रमा ह्रास आएको छ । यस अर्थमा प्रत्येक वर्ष १.२ प्रतिशतले रामसार क्षेत्र घटिरहेकोे छ । विश्वभर रामसार क्षेत्र संकुचित मात्र भइरहेका छैनन्, तिनको गुणस्तर पनि गिर्दो छ । यसको प्रत्यक्ष असर रामसारआश्रित जीव, वनस्पति एवं सिंगो पर्यावरणीय चक्रमा परिरहेको छ ।
नेपालका रामसार क्षेत्रहरुको अवस्था
नेपाल सरकारले विभिन्न अन्तर्राष्ट्रिय महासन्धिमा हस्ताक्षर गरेता पनि त्यसअनुरुप संरक्षणका लागि ठोस कदम नचाल्दा नेपालका रामसार क्षेत्रहरु संकटमा परेका छन् । नेपालको जैविक विविधता संरक्षण रणनीति योजनाले पहिचान गरेको पाँच क्षेत्रमध्ये रामसार क्षेत्रहरु पनि एक हो। तर, अहिलेसम्म भएका सरकारका प्रयासहरु परिमाणमुखी देखिएका छैनन् साथै तालहरुको अवस्था झनै दयानीय छ र रामसार क्षेत्र सरकारको प्राथमिकतामा नपर्दा तिव्र गतिमा मानवीय अतिक्रमणमा परेको छ।
वर्तमान अवस्थमा प्राकृतिक तथा मानव गतिविधिद्वारा सिर्जित ठोस फोहोरमैला नदी- नाला, खोला-खोल्सा, पोखरी, ताल लगायतका क्षेत्रमा विर्सजन गर्ने बानीले रामसार क्षेत्र वातावरणीय प्रदूषणको चपेटामा परेको छ। मानव समुदायबाट उत्सर्जन भएका जैविक तथा अजैविक फोहोरमैला विर्सजन गर्ने थलोको रुपमा तालतलैया, नदी, खोलाहरु अधिक प्रयोग गर्ने प्रचलनले प्रदूषण बढेको हो । यसबाहेक विश्वव्यापी रुपमा फैलिएको जलवायु परिवर्तनको नकारात्मक प्रभावले अछुतो नभएकाले रामसार क्षेत्रहरु सुकेर जमिनमा परिणत भइरहेका छन्। त्यस्तै, अधिकांश तालतलैयाहरुमा जलकुम्भिलगायत मिचाह प्रजातिका जलीय वनस्पतिहरुको बिगबिगी छ।
नेपालमा रामसार क्षेत्रहरुको आवस्यकता
रामसार क्षेत्रहरु जैविक विविधताका लागि महत्वपूणर् वासस्थान पनि हो। नेपालका सन्दर्भमा कुल क्षेत्रफलको ६ प्रतिशत भू-भाग रामसारले ओगटेको छ । रामसार क्षेत्रलाइ नेपालका धेरै स्थानिय मानिसहरुको जीविकोपार्जनको स्रोतका रुपमा पनि लिन सकिन्छ । खासगरी माछा, पाहा, भ्यागुता, गंगाटो, सर्पलगायत विभिन्न जिवहरुको खाद्यान्नको आपूर्ति यही रामसार क्षेत्रबाट भइरहेको छ। रामसार जैविक तथा अजैविक हिसाबले महत्वपूणर् छ। उदाहरणको लागि पिउने पानी, खाद्यान्नको आपूर्ति, इन्धनलगायत लुगाफाटको आपूर्ति, सांस्कृतिक सम्पदाको स्रोत, स्थलीय तथा जलीय वृहत पारिस्थितिक प्रणालीको गतिशील पक्ष, जैविक विविधताको वासस्थान, जलवायु परिवर्तन प्रभाव न्यूनिकरण गर्ने एक संरचनालगायतलाई लिन सकिन्छ।
रामसारलाई प्राकृतिक मिर्गौला पनि भनिन्छ। यसले मानव सिर्जित विभिन्न प्रदूषकहरु खासगरी कृषिजन्य रसायनिक विषादी, औद्योगिक प्रदूषण तथा खानी उत्खननलगायत अन्य क्षेत्रद्वारा उत्सर्जित प्रदूषित पानीलाई प्राकृतिक रुपमा शुद्धिकरण गर्छ। जल प्रदूषण खासगरी गह्रौँ धातु तथा विषादीलाई सोसेर जमिनको विभिन्न तह वा पत्रहरु, वनस्पति र सामुन्द्रिक जीवन पद्धति हुँदै मानव जीवनलाई उपयोगी बनाउँछ।
रामसार संस्कृतिको स्रोत पनि हो। संसारका बृहत् मानव सम्यताको विकास नदी किनार वा रामसार क्षेत्रबाटै शुरुआत भएको अभिलेखहरु पाइन्छन्। मानव जीवनको महत्वपूणर् सामाजिक कार्यहरु, जन्मदेखि मृत्युसम्मका धार्मिक कार्य, विशेष गरि हिन्दूधर्ममा आधारित प्रमुख चाँडपर्वहरु जस्तै साउने सोमबारहरु, जनै पूणर्िमा, कुसे औसी, छठ, माघे संक्रान्तिजस्ता पर्वहरुका लागि रामसार क्षेत्रहरु धर्म तथा आस्थाका केन्द्र मानिन्छन्।
रामसारक्षेत्र जोगाउन के गर्ने?
– रामसारलाई पर्यटन गन्तव्यको रूपमा विकास गरी आय आर्जनको माध्यम बनाउने उदेश्य सहित रणनीति तयार गर्नुपर्छ।
– रामसार क्षेत्रबाट हुने आम्दानी रामसार संरक्षण, सामुदायिक विकास र स्थानीय समुदायको जीविकोपार्जनमा खर्च गर्नुपर्छ।
– लुप्तको गतिलाई अलि कम वा न्यूनिकरण गर्नको लागि तत्काल संरक्षणको कार्यक्रमहरु कार्यान्वयन गर्न उचित ढाँचा वा संरचनाको खाँचो पर्दछ ।
त्यसैले, स्थानीय तहबाट नै स्थानिय सरकारले बिभिन्न जनचेतना मुलक कार्येक्रम आयोजना गरि नीति-नियम पालना गर्ने र तालहरुमा देखा परेका समस्याहरु प्राथमिकतामा राखी संरक्षणको कार्यक्रमलाई अघि बढाउन ताल संरक्षण तथा विकास प्राधिकरण गठन गर्न तथा संरक्षित क्षेत्र तोकेर ठोस कदम चल्ने जस्ता विभिन्न काम अन्त्यतै जरुरी देखिन्छ ।
- आशिष लामिछाने