काठमाडौं । सुशासन पक्षमा तथा भ्रष्टाचारको विपक्षमा निरन्तर कलम चलाइरहेका पत्रकार तथा विश्लेषक सुदर्शन आचार्य अख्तियार दिवसका अवसरमा पुरस्कृत भएका छन् । सिन्धुपाल्चोक जिल्लामा जन्मिएका आचार्य हाल काठमाडौ जिल्ला बुढानिलकण्ठ नगरपालिका वडा नं.२ का स्थायी वासिन्दा हुन् । आचार्यले नियमित सुशासन तथा राजनीतिक स्थिरताको पक्षमा कलम चलाइरहेका छन् ।
भ्रष्टाचार सम्बन्धी खोज तथा अनुसन्धानमूलक लेख र रचना प्रकाशन गरी भ्रष्टाचार न्युनिकरणमा योगदान पुर्याएवापत अख़्तियार दुरूपयोग अनुसन्धान आयोगले आफ्नो ३३ औँ वार्षिकोत्सवमा आचार्यलाई २० हजार नगदसहित प्रमाणपत्रबाट पुरस्कृत गरेको हो । फ्रिलाइन्सरूपमा पत्रकारिता एवम् लेखनमा सक्रिय आचार्य बिभिन्न मिडियामा राजनीतिक विश्लेषकको रूपमा पनि सक्रिय छन् । आइतवार आयोजित अख्तियार दिवस समारोहमा पुरस्कृत गरिएका आचार्य भने यतिबेला अष्ट्रेलियामा भ्रमणमा छन् ।