काठमाडौं । विक्रम संवत् २००७ सालभन्दा अघि राजाहरू सेरेमोनियल भूमिकामा रहेका थिए । उनीहरूलाई निश्चित तलबभत्ता दिइन्थ्यो । बाँकी राणाहरूले गरेको निर्णय अनुमोदन गर्नेबाहेक राजाको खासै भूमिका थिएन।
विसं २००० सालमा राजा त्रिभुवन र राज परिवारको तलब/भत्ता दरबन्दीको लगत अनुसार तत्कालीन राजाको तलब भत्ताको बारेमा उल्लेख पाइन्छ । तत्कालीन राजा श्री ५ त्रिभुवनलाई कौसीतोषखाना बाट प्राप्त बहिखाता अनुसार मोरू १,०२९६७ र अन्य अड्डा ठाऊबाट गरेर ३,११, ४४२ मोरू र ३, १०, ७७३ कम्पनी रुपैयाँ गरेर वार्षिक छ लाखभन्दा धेरै तलब दिने गरिन्थ्यो ।
त्यस्तै, श्री ५ त्रिभुवनका दुई बड़ा महारानी, एक महारानी र दुई रानीलाई पनि अलग्ग भत्ता दिइन्थ्यो । राजा त्रिभुवनका तीन शाहजादा , चार शाहजादी र एक छोरीलाई पनि अलग्ग दरबन्दीको व्यवस्था रहेछ सो खातामा देखिन्छ ।
त्यसबाहेक राज परिवारका अन्य सदस्यलाई पनि भत्ता दिने गरेको रहेछ । सबैभन्दा कम दरबन्दी राजा त्रिभुवनकी छोरी उज्जवल राज्य लक्ष्मी देवीलाई वर्षको मोरू २, १२४ रहेछ ।