नेपालगञ्ज । वैकल्पिक उर्जा प्रवद्र्घन केन्द्र अन्तर्गत जर्मन सरकार, के. एफ. डब्लु. को आर्थिक सहयोगमा सञ्चालित डि.के.टि.आई. सोलार आयोजनाले नेपालगञ्ज उद्योग वाणिज्य संघको सहकार्य तथा समन्वयमा उद्योग व्यव्सायीहरुसँग छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । ।
अन्तर्क्रिया कार्यक्रममा बोल्दै केन्द्रका कार्यकारी निर्देशक श्री नवराज ढकालले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गत रहेको वैकल्पिक ऊर्जा प्रबर्धन केन्द्रले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षताको क्षेत्रमा कार्य गरिरहेको बताएका थिए । केन्द्रका विभिन्न कार्यक्रमहरुको चर्चा गर्दै ऊर्जामा लगानी र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन केन्द्रको साथै नीजि क्षेत्रकोसमेत सहकार्य हुनुपर्ने कुरामा जोड दिएका थिए ।
कार्वन उत्सर्जनमा कमी ल्याउन पनि नवीकरणीय ऊर्जाको क्षेत्रमा सोलार रुफटप प्रविधि महत्वपूर्ण हुने भन्दै नवीकरणीय ऊर्जा अनुदान नीति २०७८, अनुदान परिचालन कार्यविधि २०७९ तथा केन्द्रिय ऊर्जा कोष अन्तर्गत रहेको दिगो ऊर्जा च्यालेन्ज फण्डको बारेमासमेत उद्योग तथा व्यवसायीहरुलाई प्रष्ट बताएका थिए ।
सोही कार्यक्रममा केन्द्रका सौर्य शाखा प्रमुख श्री डा. लक्ष्मण प्रसाद घिमिरेले केन्द्रले प्रर्वद्घन गरिरहेको सौर्य प्रणालीहरुसँग सम्वन्धित कार्यक्रमहरुबारे चर्चा गर्दै डि.के.टि.आई. सोलार आयोजनाकोे सक्षिंप्त जानकारीका साथ सोलार रुफटप कार्यक्रमको बारेमा प्रकाश पारेका थिए । उनले नवीकरणिय ऊर्जा नीतिमा रहेको प्रावधान र सोलार रुफटप जडान गर्नको लागि कुनै उद्योग ब्यबसायी आफैंले वा ईनर्जी सर्भिस कम्पनीले ऋण लिएमा उक्त ऋण रकमको ब्याजदरमा पचास प्रतिशतसम्म अनुदान ५ वर्षसम्म दिईने कुराको जानकारी दिएका थिएए ।
कार्यक्रममा सोलार रुफटपको आवेदन प्रक्रिया, प्राविधिक तथा आर्थिक पक्ष एवं वातावरणीय र सामाजिक पक्षको बारेमा कार्यपत्र प्रस्तुत भएका थिए । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री टंक बहादुर धामीको अध्यक्षतामा सञ्चालन भएको थियो कार्यक्रममा धामीले यस प्रकारको जानकारीमूलक कार्यक्रम सञ्चालनले सोलार रुफटफको प्रवद्र्घनमा सहज हुन जाने भन्दै भविष्यमा थप घनिभूत छलफलको आवश्यकता औंल्याएका थिए ।