

फाप्लु सोलुखुम्बु जिल्लाको पुरानो र ठूलो बजारमध्येको एक हो । हवाईजहाजले आधा घण्टामै पुर्याउने फाप्लु, जिरीसम्म एक दिनको बसयात्रा र त्यहाँबाट दुई दिनको पैदल यात्रामा पनि पुग्न सकिन्छ। सदरमुकाम सल्लेरी र फाफ्लुलाई जुम्ल्याहा बजार पनि भन्ने चलन छ । तीनतिरबाट पहाडले छेकेको खोँचमा बसेको फाप्लु विमानस्थलदेखि नै नुम्बुर (६९५९ मि.) र कार्यालुङ (६५११ मि.) हिमालले स्वागत गर्छन्। सगरमाथा हेर्न चाहिँ फाप्लुबाट तीन घण्टाको बाटो रत्नागे वा ६ घण्टाको जुनबेसी पुग्नुपर्छ। फाप्लुबाट तीन घण्टा परको फुर्तेनबाट पनि सगरमाथाको राम्रो दृश्यावलोकन गर्न सकिन्छ।
फाप्लु र सल्लेरी वरपरका एक दर्जन गुम्बा तथा पुराना शेर्पा घरहरूको आकर्षण बेग्लै छ। उत्तरतिरको अग्लो डाँडामाथिको चेवाङ गुम्बाबाट फाप्लु र सल्लेरीलाई हेर्दा हवाईजहाजबाट तल हेरे जस्तै लाग्छ। यो गुम्बा फाप्लुका नामी शेर्पा, साङ्गे लामाको परिवारले बनाएको हो। फाप्लुमा साङ्गे र उनको परिवारका धेरै किस्सा र कामहरू सुन्न-देख्न पाइन्छ। राणा प्रधानमन्त्री चन्द्रशम्शेरका मीत साङ्गेले १४० वर्षअघि बनाएको भव्य घरसहितको गुम्बाले अझै पनि आगन्तुकहरूको ध्यान तानिरहेको छ। उनका छोरा-नातिले बनाएका ठूला घरहरू पनि फाप्लुको आकर्षण नै छन्। फाप्लुबाट दक्षिणतिर चेल्सामा ४० वर्षअघि बसेको तिब्बती शरणार्थी बस्ती छ, जहाँ करिब सय जना शरणार्थी भेटिन्छन्। यहाँको ज्वालामाई मन्दिर पनि प्रसिद्ध छ।
फाप्लुमा रहेको “ठूलो घर” यो भेगको सबैभन्दा ठूलो पुरानो घर हो । यो घरको इतिहास तस्वीरमा नै हामीले करिब ६० वर्षभन्दा धेरैको भेट्न सक्छौं । ५० र ६० को दशकमा नेपालको सबैभन्दा शक्तिशाली शेर्पा परिवार लामा कुलको पुर्ख्यौली घर रहेकोले पनि यो घरलाई सबैभन्दा पुरानो र ठूलो घरको रूपमा चिन्ने गरिन्छ । सन् १९६८ र २०१९ मा खिचिएका दुई तस्वीरहरूले यो घरको पुरानो तस्वीरमा महिलाहरूले आँगनमा गहुँ कुटिरहेको देखाउँछ। नोभेम्बर २०१७ मा खिचिएको नयाँ तस्वीरले घर अझै राम्रोसँग मर्मत गरिएको र भूकम्पले क्षति पुर्याएको देखाउँछ । यो घर १९३४ र २०१५ दुवै भूकम्पबाट बच्यो, साथै छतमा आगो लाग्दा काठको दाउरा रहेको देखिन्छ।