वि.सं २००७ मा राणा शासनको पतन पछि अधिराजकुमार बसुन्धरा वीर विक्रम शाहले रुसी नागरिक बोरिस लिसानेभिच सँग मिलेर बहादुर भवन १ करोड ८० लाखमा खरिद गरे र नेपालको पहिलो विलासी होटल, होटल रोयल स्थापित गरे । राणा शासन कालमा चार बुर्जा दरबारको रूपमा चिनिने यो भवन वीर शमशेर ज.ब.रा.द्वारा एक निजी निवासको रूपमा १८० रोपनीको जमिनमा बनाइएको थियो। यसको निर्माण सम्पन्न हुने बित्तिकै वीर शमशेरले यो दरबार आफ्नो साहिला छोरा रुद्र शमशेरको नाममा हस्तान्तरण गरेका थिए , जो १९५९ मा वीर शमशेरको मृत्यु पछि यो दरबारमा बस्न थाले ।
वि.सं १९६२ मा चार बुर्जा दरबारमा आगलागी भयो र यो दरबार पूर्ण क्षतिग्रस्त भयो । त्यसपछि पुरानै जगमा वास्तुविद् जोग लाल स्थापितको डिजाइनमा यो दरबारको पुननिर्माण सोही सालदेखि सुरु भयो । नयाँ निर्माणको बेलामा चारवटा बुर्जाहरु निर्माण गरिए र यो दरबारको नाम चार बुर्जा दरबार रहन गयो । १९९० सालमा सी क्लासका राणाहरु निष्कासन गरिदा रुद्र शमशेर पाल्पा धपाइए पछि यो दरबार जुद्ध शमशेरले कब्जा गरे र आफ्नो महिला छोरा बहादुर शमशेरलाई दिए । त्यसपछि यो दरबारको नाम बहादुर भवन रहन गयो ।
विश्वको सबैभन्दा पुरानो ट्राभल कम्पनी लन्डनस्थित थोमस कुक एन्ड सन्सले आयोजना गरेको पर्यटकको पहिलो अन्तर्राष्ट्रिय समूह नेपालमा आइपुग्दा यही होटलमा उनीहरूलाई आतिथ्य दिइएको थियो । सन् १९९५ मा जेम्स बर्कले चित्रण गरेको प्रतिष्ठित ४० बेडको रोयल होटलले त्यतिबेलाको प्रतिष्ठित होटलको संज्ञा दिने गर्छ ।