श्रीरामको नगरी अयोध्यामा २२ जनवरीमा रामललाको प्राणप्रतिष्ठा गरिने भएको छ र गर्भगृहमा रामललाको मूर्ति स्थापना गरिएको छ । शुक्रबार रामललाको मूर्तिको पहिलो झलक पनि सार्वजनिक भएको छ । यो मूर्ति कर्नाटकका अरुण योगीराजले बनाएका हुन् ।
को हुन् मूर्तिकार अरुण योगीराज ?
मूर्तिकार अरुण योगिराज कर्नाटकको मैसूरका बासिन्दा हुन्। उनका धेरै पुस्ताहरू यस कामसँग जोडिएका छन्। उनका बुबा योगिराज शिल्पी एक प्रसिद्ध मूर्तिकार हुन् र उनका हजुरबुबा बसवन्ना शिल्पीले वाडियार घराना दरबारहरूमा आफ्नो कला प्रदर्शन गरेका थिए । अरुण मूर्तिकार मैसूर राजाका कलाकारहरूको परिवारसँग सम्बन्धित छन् ।
हजुरबुवाको भविष्यवाणी पूरा भयो
सुरुमा अरुण योगीराज आफ्नो बुबा र हजुरबुवा जस्तै मूर्तिकार बन्न चाहँदैथिए । सन् २००८ मा मैसूर विश्वविद्यालयबाट एमबीए गरेपछि उनले एक निजी कम्पनीमा काम गरे । तर, उनका हजुरबुवाले अरुण मूर्तिकार बनोस् भन्ने चाहेका थिए र अन्त्यमा त्यही भयो । अन्तत: अरुण मूर्तिकार बने र रामललाको मूर्ति बनाउने मूर्तिकार बने।
अरुण योगीराजले धेरै मूर्ति बनाएका छन्
अरुण योगीराजले रामललाको मूर्ति मात्र बनाएका छैनन्, उनले यसअघि पनि धेरै मूर्ति बनाएका छन्, जसका लागि उनको प्रशंसा पनि भएको थियो । अरुण योगीराजले इन्डिया गेट नजिकै सुभाषचन्द्र बोसको ३० फिट अग्लो प्रतिमा बनाएका छन् ।
यसबाहेक अरुण योगीराजले भगवान् आदि शंकराचार्यको १२ फिटको मूर्ति बनाएका छन्, जसलाई केदारनाथमा स्थापित गरिएको छ । उनले मैसूरमा स्थापित भगवान् हनुमानको २१ फिटको मूर्ति पनि बनाएका छन् ।
कालो ढुङ्गाबाट रामललाको मूर्ति निर्माण
अरुण योगीराजले कालो ढुङ्गामा रामललाको मूर्ति बनाएका छन् । रामललाको मूर्तिको उचाइ ४ दशमलव २४ फिट रहेको छ, जुन हेर्दा निकै भव्य छ । मूर्तिको तौल करिब दुई सय किलो रहेको छ । मूर्तिमा भगवान् रामका धेरै अवतारहरू कोरिएका छन् ।