काठमाडौं खबर पुस २९, २०८०
थारुहरूले आजदेखि माघी पर्व मनाउँदैछन् । माघी पर्व थारु समुदायले तीन दिनसम्म मनाउने गर्छन् । यस चाडलाई यिनीहरुले धुमधामसँग मनाउने गर्छन् । यस पर्वमा विवाहित छोरी ज्वाइँलाई बोलाएर मीठो–मीठो खानेकुरा खुवाउने गर्छन् । माघिको अघिल्लो दिन यिनीहरूले सुङ्गुर काट्ने गर्छन् । नजिकको खोलामा गएर माछा मार्ने चलन छ । यस पर्वलाई यिनीहरुले नयाँ वर्षको रुपमा लिने गर्दछन् । माघीाई थारु समुदायले तीन दिनसम्म मनाउने गर्दछन् । यस चाडलाई यिनीहरूले धुमधामसँग मनाउने गर्दछन । माघिअघिल्लो दिन यिनीहरूले सुँगुर काट्ने गर्छन् । नजिक खोलामा गएर माछा माने चलन छ । यस पर्वलाई यिनीहरूले नयाँ वर्षका रुपमा लिने गर्दन् ।
माघी माघ १ गते पर्छ । यस दिन यिनीहरूले बिहान नजिकको खोला, नदी, धारा र इनारमा गएर नुहाउने गर्छन् । नुहाइसकेपछि ब्राह्मणलाई सिद्धा (खिचडी) पुर्याइदिने गर्छन् । यस दिन यिनीहरूले घरघरमा खिचडी पकाएर खाने गर्छन् । यस दिन यिनीहरू घरमा, ढिकर बनाउने गर्छन् । त्यसैगरी तरुल खाने गर्छन् । यस दिनमा थारु समुदायले काम नगर्ने चलन छ । यस दिन निरसउ बाँड्ने गर्दछन् । छोरी बहिनीलाई दान दिने चलन छ । यस दिनमा थारु समुदायमा वर्षभरिको हिसाब गर्ने गर्छन् । कमैया बस्ने, नबस्ने बारेमा निर्णय गर्छन् । यस दिनमा मासु, माछा, रक्सी, जाँड खाएर रमाउने गर्दछन् ।
प्रत्येकको घरघरमा गएर नाच्ने गर्दछन् । थारु समुदायका युवायुवतीहरू पाँच दिनसम्म नाच्ने गर्दछन् । आजभोलि थारु समुदायको परम्परागत नाच परिवर्तन हुँदै गएको छ । आजभोलि थारु समुदायमा आधुनिक सामानहरू प्रयोग गर्ने गरेका छन् । क्यासेट तथा डीभीडी प्लेयरहरू बजाएर नाच्ने गर्छन् । थारु समुदायसँग जोडिएको तालको भौगोलिक र मन्दिरको इतिहासअनुसार थारुहरुको पर्व (ल्वाङ्गी,माघी,फागु) रहनसहन (भेगुवा, धोती, लेहेंगा, फलामका गहनाहरु) मन्दिरमा चढाइने माटाका हात्ती,घोडालगायतका संस्कारबाट धनी बनेको छ । फलस्वरुप जसले विभिन्न टाढाटाढाबाट आन्तरिक र बाह्य पर्यटनलाई आकर्षण गर्ने केन्द्र बनेको छ ।