कुनै पनि कामदारलाई तलबको अतिरिक्त कुनै विशेष काम गरेबापत दिइने अतिरिक्त सुविधा भत्ता हो । यो भत्ता विभिन्न शीर्षकमा दिने गरिएको छ । जसका लागि मल्लकालदेखि नै बजेट छुट्याउने गरिएको थियो ।
सरकारी जागिरेदेखि राजासम्मलाई वार्षिक रूपमा बेतन ठेकिन्थ्यो । ठेकिएको बेतनलाई निजामती थमौती ९सिटरोल०मा जनाइन्थ्यो । तलबसँगै ‘थ’ वा ‘खा’ लेख्ने चलन हुन्थ्यो । हरेक वर्ष पजनी हुन्थ्यो र त्यस दिन आगामी वर्षका लागि थमौती वा खारेजी वा बढुवा वा सरुवामा पर्थे ।
तलबले बाँच्न पुग्दैन थियो । सबै जागिरेका खेती थियो । तलबले त फर्मायसी पूरा गर्नका लागि मात्र पुग्थ्यो । महाराज खुसी भएमा सरकारी जागिरेलाई थप नगद र खान्गीका रूपमा जग्गा दिने चलन पनि हुन्थ्यो ।
विक्रम सम्बत १९१५ सालको श्री ३ जंग बहादुरकालीन बहीखातामा मल्ल राजाका सन्ततिलाई भत्तारखानगीरखर्च दिइएको उल्लेख छ । कतिपयले पृथ्वीनारायण शाहको समयपछि नेपालमा मल्लहरूलाई नराम्रो व्यवहार गरेको भन्ने पनि चलन छ । तर राणा शासनकालसम्म पनि उनीहरूलाई खानगी र खर्च दिने गरेको भेटिएको हो ।
सो बहीखातामा भनिएको छ, राजाका सन्तान चन्द्र लक्ष्मी थकुनी के पैसा रू ५०, नेपाल्या राजा जय प्रकाशका सन्तानका नाती ३ तीन जनाके पैसा रू ४४, जोती मल्लके छोरा प्रकाश मल्लके पैसा रू २५ दिइएको उल्लेख छ।