काठमाडौं । हाल सबै विभाग गरी ३ सय ५२ वटा शैय्याबाट वाल उपचार सेवा दिइरहेको कान्ति बाल अस्पतालले केही वर्षभित्रै सञ्चालनमा आउने गरी १ हजार शैय्या सहितको राष्ट्रिय स्वास्थ्य अध्ययन संस्थान स्थापना गर्ने तयारी गरिएको छ। तत्कालीन सरकारले २०५२ सालमा गरेको निर्णय सहित योजना अघि बढाएको कान्ति वाल अस्पतालका निर्देशक डा. पंकज रायले बताएका हुन्। उनले आइतबार अस्पतालको ६२ औ स्थापना दिवसको अवसरमा यस्तो जानकारी दिएका हुन्।
२०५२ सालमा सरकारको निर्णय अनुसार बालरोग विशेषज्ञ मणिन्द्र रञ्जन बरालको संयोजकत्वमा वाल स्वास्थ्य अध्ययन संस्थान सभाव्यता अध्ययन कार्यदल गठन गरेको थियो। सरकारको २०७७÷०७८ को नीति योजनाले पनि यो अस्पताललाई बालरोग सम्बन्धी उच्च शिक्षा अध्ययन गर्ने थलोको रुपमा विकास गर्ने उल्लेख थियो। यी नीति तथा निर्णय अनुसार एक महिना अघि शहरी विकास तथा भवन निर्माण विभागको अगुवाइमा वाल स्वास्थ्य अध्ययन संस्थान सहितको कान्ति वाल अस्पतालको विस्तृत आयोजना प्रतिवेदन प्राप्त भएको छ। यो योजनालाई मूर्तरूप दिन अस्पतालका निर्देशक डारायले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नतेलाई सहयोगको अपिल गरेका हुन।
कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले वाल स्वास्थ्य अध्ययन संस्थानको आयोजना प्रतिवेदनको बिषयमा सरोकारवाला सबैलाई मन्त्रालयमा बोलाएर थप छलफल गर्ने बताए। उनले भने,‘शहरी विकास तथा भवन निर्माणको प्रतिनिधि,कान्तिवाल अस्पतालका प्रतिनिधि सबै भोलि मन्त्रालयमा आउनुहोस्, छलफल पछि अघि बढौँ।’
कान्तिवाललाई राष्ट्रिय वाल अध्ययन संस्थानको रुपमा विकास गर्नको लागि अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग लगायतका सरारकोवालाहरुसंग पटक–पटक प्रस्तावको बारेमा छलफल भइसकेको कान्ति वाल अस्पतालका प्रवक्ता डा। सुमित अग्रवालले बताए। कान्ति वाल अस्पतालमा राष्ट्रिय वाल अध्ययन संस्थानको रुपमा विकास गर्नको लागि आवयश्यक जमिन, भौतिक पूर्वाधारको लागि योजना, अस्पताल सबै रहेकोले अघि बढाउन सहज भएको उनले बताए। अस्पताल हाताभित्र ५ लाख ५७ हजार ६ सय वर्ग किमी खालि जमिन रहेको र त्यसलाई अध्ययन संस्थाको लागि आवश्यक भवन निर्माणको लागि प्रयोग गर्न सकिन्छ। शहरी विकास तथा भवन निर्माणको विस्तृत आयोजना प्रतिवेदन अनुसार स्वास्थ्य सरकारले आगामी बर्ष बजेट आउने सम्भावना रहेको डा। अग्रवालले बताए।