भारतको अयोध्यामा नवनिर्मित प्रसिद्ध राम मन्दिरको प्राणप्रतिष्ठा हुने अवसरमा जनकपुरधामको जानकी मन्दिरबाट पाहुर(कोसेली) पठाइने भएको छ।
त्रेता युगामा जनकपुरधाम र अयोध्याबीच रहेको आदिकालीन सम्बन्धलाई अझ प्रगाढ बनाउन जानकी मन्दिरले राम मन्दिरको प्राणप्रतिष्ठाको अवसरमा सयौँको संख्यामा भार पाहुर( कोसेली )पठाउने जानकी मन्दिरले जनाएको छ।
जानकी मन्दिरका महन्थ राम तपेश्वर दासको अगुवाइमा शनिबार भएको एक सर्वपक्षीय बैठकले कोसेली) पठाउने निणर्य गरेको हो। यसका लागि जनकपुरधाम उपमहानगरपालिका मेयर मनोजकुमार साह र जानकी मन्दिरका महन्थ राम दास संरक्षक रहने गरी जानकी मन्दिरका छोटा महन्थ रामरोशन दासको संयोजकत्वमा ११ सय सदस्यीय जनकपुरधाम अयोध्या पाहुर यात्रा समितिसमेत गठन गरिएको छ।
मिथिला परम्पराअनुसार छोरीको नयाँ घरनिर्माण भई घरवासको अवसरमा माइती पक्षबाट आभूषण, तलाकपडा र वर्षभरिको खानाको सामग्री पठाइने गरिन्छ। सोहीअनुरूप जानकीजीको माइती पक्ष जनकपुरधामबाट ती सामग्रीहरू पठाइन लागिएको जानकी मन्दिरका छोटा महन्थ तथा समितिका संयोजक दासले जानकारी दिए।