ललितपुरमा राज्यप्रकाश मल्ल राजा भएको बेला उनका दाजु कान्तिपुरका राजा जयप्रकाश मल्लको सल्लाहअनुसार तनिगलटोलका ढुंगेधाराको बगैँचासहितको चारतले चौघेराभवन केपुचिन पादरीका लागि चन्द्रशेखर मल्ल र दैवज्ञ कोटिराज जोशीलाई साक्षी राखेर विसं. १८११ मा ताम्रपत्र नै गरी प्रदान गरिदिएका थिए (आचार्य, २०६१ः२१२)।
विसं. १७६७ मा कान्तिपुरमा केपुचिन सम्प्रदायका फ्र्याङ्क र एन्थोनी मेरी नाम दुई पादरी कान्तिपुर आएका थिए। राजा महिन्द्रसिंह र झगल ठकुलले उनीहरूको स्वागत गरे। विसं. १७६७ मा उनीहरूले कान्तिपुरमा चर्च बनाइसकेका थिए। तर, ब्राहृमणहरूले विरोध गर्दा ती पादरीहरू त्यहाँबाट हटेर भक्तपुर गए। भक्तपुरका राजा भूपतिन्द्र मल्लले उनीहरूको स्वागत गरे। विसं. १७७९ मा जगज्जय मल्ल कान्तिपुरका राजा भए। उनले भक्तपुरको एक शाखाका रुपमा कान्तिपुरमा चर्च खोल्ने अनुमति दिए।
ल्हासाबाट फर्की आएका पादरी फादर होरेस कान्तिपुरमा आफ्नो गुमेको अधिकार फिर्ता लिन समर्थ भए। तर समयक्रममा उनको दुर्व्यवहारप्रति राजा जगज्जय उनीसँग क्रुद्ध क्रुद्ध हुन पुगे। तर टाठाबाठा उनले एक विन्तिपत्र राजाकहाँ पुर्याई कैदबाट मुक्ति पाई कान्तिपुरमा धर्म प्रचारको अनुमति पाए। त्यसबेला केपुचिनहरूको मुख्य अखडा ल्हासा थियो। त्यहाँका मुख्य पादरी जोआचिम र होरेसका सट्टा भितो पादरी भएर भितो।
पटनामा आफ्नो मानिस पठाएर भक्तपुरका राजा रणजित मल्लले ती पादरीको स्वागत गरे। उनले भक्तपुर आएर फलामको क्रश उभ्याउने अनुमति पाए। राजा रणजित मल्लले विसं. १७९७ मा चर्च सञ्चालनका लागि एक भब्य भवन र बगैँचासमेत दिएर आफ्ना जनतालाई स्वेच्छापूर्वक इसाई बनाउन पाउने ताम्रपत्र पनि दिएका थिए (आचार्य, २०६१ः१५३-१५४)।
– राजकुमार दिक्पाल
फाइल तस्वीरः केपुचिन पादरीहरू