एक समय ठुलो भिक्षु संघका साथ भगवान् बुद्ध कोशल जनपदमा चारिका गर्दै हुनुहुन्थ्यो । जहाँ इच्छानगल नामक कोशल जनपद बासीका ब्राह्मण-ग्राम थियो, त्यहीँ पुग्नुभयो । त्यहाँ भगवान् इच्छानगलमा, इच्छानगलको वन-खण्डमा बिहार गर्नुहुन्थ्यो । इच्छानगलका ब्राह्मण-गृहपतिहरूले सुने शाक्यकुलबाट-प्रब्रजित शाक्यपुत्र श्रमण गौतम इच्छानगल आएका छन्, इच्छानगलको वन खण्डमा उहाँ भगवान गौतमको यश, कीर्ति सुनिन्छ कि उहाँ भगवान् अर्हत हुन्, सम्यक सम्बुद्ध हुन्, विद्या तथा आचरणले युक्त छन्, सुगत हुन्, लोकको जानकार हुन्, अनुपम छन्, ( दुष्ट ) पुरुषलाई दमन गर्नेवाला सारथि हुन्, देवता तथा मनुष्यका शास्ता हुन् । उहाँ बुद्ध भगवान् हुनुहुन्छ । उहाँ देवसहित, मारसहित, ब्रह्मसहित यश लोकलाई, श्रमण-ब्राह्मणसहित, देवता र अन्य मनुष्यसहित यस जनतालाई स्वयम्ले जानेर, साक्षात प्राप्त गरी, उपदेश दिनुहुन्छ । उहाँ आदिमा कल्याणकारक, मध्यमा कल्याणकारक, अन्तमा कल्याणकारक, अर्थसहित ब्यजनसहित (शब्दसहित ) सम्पूर्णरूपले परिशुद्ध ब्रह्मचर्य (श्रेष्ठ जीवन) को उपदेश गर्नुहुन्छ । यस प्रकारको अर्हतको दर्शन गर्नु धेरै राम्रो हुन्छ ।
तब इच्छानगलका ती ब्राम्हण-गृहपति त्यस रात्रिको अन्त्य हुँदा खाने पिउनेको धेरै सामग्री बोकेर जहाँ इच्छानगल बन-खण्ड थियो, त्यहाँ पुगे । त्यहाँ पुगेर तिनीहरू द्वारकोष्ठभन्दा बाहिर उभिए । त्यहाँ उनीहरू जोडजोडले हल्ला गरिरहेका थिए ।
त्यस समय आयुस्मान नागित भगवान् बुद्धका उपस्थापक थिए । भगवान्ले आयुस्मान नागितलाई सम्बोधन गर्नुभयो:-“नागित ! उनीहरू को हुन् जो यति धेरै हल्ला गरिरहेका छन्, मानौँ मछुवारेहरू माछा बेचिरहेका छन् ।’ ‘भन्ते ! यिनीहरू इच्छानगलका ब्राह्मण गृहपति हुन् । यिनीहरू भिक्षु संघ तथा तपाईंको लागि धेरै नै खाद्य-भोजन सामग्री लिएर द्वारकोस्ठको बाहिर उभिएका छन् ।’
“नागित ! मलाई यश (ऐश्रर्य)को अपेक्षा छैन । नागित ! मलाई ऐश्रर्य चाहिFदैन । नागित ! यो अशुद्धि-पूर्ण सुख, यस आलस्यपूर्ण-सुख, यस लाभ- सत्कार-प्रशंसा सुखको उसैलाई इच्छा हुन्छ, जसलाई यो नैष्क्रम्य-सुख, एकान्त बाँस सुख, उपसमन सुख तथा सम्बोधी सुखको बिना कष्ट लाभ नहोस, विनादु:ख लाभ नहोस्, जुन नैष्क्रम्य-सुख, एकान्त बाँस सुख, उपसमन सुख तथा सम्बोधी सुख मलाई बिना कष्ट, विनाकठिनाइ, बिना दु:ख लाभ छ ।’ ‘भन्ते ! भगवान्, यसलाई स्वीकार गर्नुहोस् । सुगत ! यसलाई स्वीकार गर्नुहोस् । यो स्वीकार गर्नेको समय हो । जहाँ-जहाँ अब भन्ते भगवान् जानुहुन्छ, त्यहाँ त्यहाँ नै ब्राम्हण-गृहपति, निगमका लोक तथा जनपदका लोक झुक्ने छन । भन्ते ! जस्तो कि भारी वर्षाहुँदा जता ढलवान हुन्छ त्यता नै पानी जान्छ, त्यस्तै प्रकारले भन्ते ! जहाँ जहाँ अब भगवान जानुहुन्छ त्यता-त्यता नै अब ब्राम्हण-गृहपति, निगमका लोक तथा जनपदका लोक झुक्ने छन । यस्तो किन ? भगवानको शिल तथा प्रज्ञाको यस्तो नै ख्याती छ ।”
‘नागित ! मलाई यश ( ऐश्रर्य ) को अपेक्षा छैन । नागित ! मलाई ऐश्रर्य चाहिदैन । नागित ! यश असुचिपुर्ण सुख, यश आलस्यपुर्ण सुख, यस लाभ-सत्कार-प्रशंसा सुख उसैलाई हुन्छ जसलाई यो नैष्क्रम्य सुख, एकान्त बाँस सुख, उपसमन सुख तथा सम्बोधी सुख बिना कष्ट लाभ हुदैन, बिना कठिनाइ लाभ हुदैन, बिना दु:ख लाभ हुदैन, जुन नैष्क्रम्य सुख, एकान्त बाँस सुख, उपसमन सुख तथा सम्बोधी सुख मलाई बिना कष्ट, बिना कठिनाइ, विनादु:ख लाभ छ । नागित ! जे चाख्न सकिन्छ, जे खान सकिन्छ, जे पिउन सकिन्छ, जुन कुराको स्वाद लिन सकिन्छ त्यसको मल-मुत्र नै बनिन्छ ।
यो नै त्यसको निस्पत्ति (आविर्भाव, उत्पत्ति, पूर्णता ) हो । नागित ! प्रियका अन्यथात्व हुन्छ र त्यसले शोक, रुनु-छटपटिनु, दु:ख, दौर्मनस्यको उत्पत्ति हुन्छ । यो नै यसको निष्पत्ती हो । नागित ! जो असुभ-निमित्तको भावनामा लागेको हुन्छ, उसको रोग उत्पन्न गर्नेवाला वांछित विषय प्रती अरुचि हुन्छ-यहीँ उसको निस्पात हो । नागित ! ६ आयतनका विषय प्रती अनित्य भावना गर्नाले, त्यस प्रती प्रतिकुल भावना उत्पन्न हुन्छ-यहीँ उसको निष्पत्ती हो । नागित ! पाँच उपादन स्कन्धको उत्पत्ती र बिनासमा विचार गरिरहनाले उपादन स्कन्धप्रति प्रतिकूल भावको उत्पत्ति भएर जान्छ-यहीँ उसको निष्पत्ति हो ।”