काठमाडौं खबर मंसिर २९, २०८०
काठमाडौं । डा गोविन्द केसीले अनसन सुरु गर्ने घोषणा गरेका छन् । यसअघिको सत्याग्रहमा राखेको माग राख्दै उनले अनसन बस्ने घोषणा गरेका हुन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले यो सत्याग्रह तीन दिनसम्म चल्ने बताएका छन् ।
यसपालि पनि उनले चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रका सुधार, सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुर्याउन र सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरु पाइने सुनिश्चित गर्न माग गरेका छन् ।
केसीले १०० शैया भन्दा बढी क्षमता भएका सरकारी अस्पतालहरूमा नर्सिङ लगायत अन्य स्वास्थ्यसम्बन्धी विषयका कार्यक्रमहरु सुरु गर्नुपर्ने माग गरेका छन् ।