काठमाडौं खबर मंसिर २१, २०८०
काठमाडौं । उच्च अदालत पाटनले एनसेलको खरिद बिक्रीसम्बन्धी कार्य रोकेको छ । न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजलासले खरिद बिक्री रोकेको हो ।
‘दूरसञ्चार सेवा प्रदायक एनसेलको सेयर बिक्री नगर्नू नगराउनू भनी कम्पनी रजिस्ट्रार कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ ।’ आदेशमा भनिएको छ ।
सेयरहरू २५ मंसिरसम्म दर्ता किताबमा दर्ता नगर्नू नगराउनू भनी कम्पनी रजिस्ट्रारको कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको उच्च अदालत पाटनले जानकारी दिएको छ ।
यो प्रकरणमा अदालतले रिट निवेदक र विपक्षी दुवै पक्षलाई २५ मंसिर छलफलमा बोलाएको छ ।