

काठमाडौं । प्रहरीले काठमाडौंको एउटा सुन गाल्ने कारखानामा छापा मारेको छ । अवैध सुन आयात गरी गाल्ने गरेको सुराकीको आधारमा प्रहरीले छापा मारेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले न्युरोडको पर्ल गोल्ड प्रालिबाट केही परिणाममा सुन समेत बरामद गरेको बताइएको छ । थप अनुसन्धानका लागि सञ्चालक पदमप्रसाद पाण्डेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बरामद गरिएको सुनबारे भने अनुसन्धान भइरहेको भन्दै प्रहरीले जनाएको छ ।