

(फाइल फाेटाे)
काठमाडौं । छातीमा असहज महसुस भएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना हुनुभएको छ । उहाँको निजी सचिवालयका अनुसार मंगलबार राति छातीमा असहज महसुस भएपछि गृहमन्त्री श्रेष्ठलाई शहीद गंगालाल हृदयरोग केन्द्रमा लगिएको हो ।
अस्पतालमा गृहमन्त्री श्रेष्ठको एन्जियोप्लास्टी गरिएको छ । सचिवालयका अनुसार उनको लेफ्ट एन्टेरियर डिसेन्डिङ आर्टरीको एन्जियोप्लास्टी गरिएको हो । यसअघि करिब ७ साताअघि चीन भ्रमणको क्रममा उनको लेफ्ट सर्कमफ्लेक्स आर्टरीमा एन्जियोप्लास्टी गरिएको सचिवालयले जनाएको छ ।
अहिले उनको स्वास्थ अवस्था स्थिर रहेको सचिवालयले जानकारी दिएको छ । गृहमन्त्री श्रेष्ठ मंगलबार साँझ बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकमा सहभागी थिए ।